ट्रेन्डीङ्ग

विश्वकप क्रिकेट छनोट :सन्दिपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दिप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्।

 

 

नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनका बीच उनी सोमबार अर्थात भोलि दक्षिण अफ्रिका जान सक्ने क्यानले जनाएको छ।

 

 

यसअघि पटक पटक मुद्धाको पेशी तोकिएपनि सुनुवाई नहुँदा उनी टोलीसंगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौंले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलिनै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानका महाप्रबन्धक वृत्तान्त खनालले जानकारी दिए।

 

 

अहिले क्यानले लामिछानेको कागजातको काम गरिरहेको छ।एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?