ट्रेन्डीङ्ग

महिला क्रिकेट:मलेसियासँगको शृंखला नेपाललाई

काठमाडौं।मलेसिया सँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ। पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३/२ ले जितेको हो ।


घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।


पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।

अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए । नेपालका लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal