
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १२ भुमही चोकमा फ्री वाइ-फाई सेवा सुचारु भएको छ।लियो क्लब अफ रामनगरको आयोजना र स्मार्ट लिन्क नेटवर्क प्राइभेट लिमिटेडको सहजिकरणमा फ्री वाइ-फाई सेवा सुचारु गरिएको हो।
फ्री वाइ-फाई सेवा विशेष गरी लामो दुरीको यात्रा गरी आउने यात्रुमा पर्न गएको आपत कालिन समस्यालाई समाधान गर्ने लक्ष्य सहित ल्याइएको कार्यक्रम हो।बिशेष गरी रातीको समयमा यात्रुहरुलाई रिचार्जको आवश्यकता पर्न जाने र आवश्यक परेको बेला डाटा जस्ताको समस्याको समाधान हुने गरि फ्रि वाईफाई सुविधामा जडान गरिएको हो लियो क्लब अफ रामनगर सचिव एसके प्रजापतीले बताए।
फ्री वाइ-फाई सेवा ट्राफिक जाम नहुने गरी व्यवस्थापन गरि अनलाइन खेल र टिकटक नचल्ने गरी व्यवस्था गरिएको स्मार्ट लिन्क नेटवर्क प्राइभेट लिमिटेडले जनाएको छ।
सुनवल वार्ड नं १२ र स्मार्ट लिन्क नेटवर्क प्राइभेट लिमिटेडलाई जिम्मेवारी दिएको सचिव प्रजापती बताए।
लियो क्लब अफ रामनगरले आफ्नो स्थापना कालदेखिनै स्थानीय जनसमुदायको हित हुने काम गर्दै आईरहेको छ।