ट्रेन्डीङ्ग

मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया

परासी।रामग्राम नगरपालिकाले मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा मानसिक रोग तथा लागू ओैषध न्यूनीकरण सम्बन्धी सरोकारवालाहरू संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।



स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई मानसिक रोग तथा लागू ओैषध सम्बन्धि सिपमा विकास र समुदायमा किशोर किशोरी लगायत अन्य जोखिम वर्गमा मानसिक मानसिक रोग तथा लागू ओैषध सम्बन्धि शिक्षा प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए।

 

 

कार्यक्रममा जिल््ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले लागु औषध दुव्र्यसनी,लागु औषध अपराध ,अपराधमुक्त समाज निमार्णको अग्रसर बनाउने,नागरिक तथा प्रहरी मैत्री बातारण निमार्ण गर्न ,लागु औषध परीचय नेपालमा लागु औषध प्रयोगको अवस्थाबारे जानकारी गराएका थिए ।

 

 

 



उनको अनुसार नेपालमा एक लाख तेह्र हजार पाँच सय जना दुव्र्यसनी रहेको जसमध्ये ५ सय ४५ प्रतिशत २५ बर्षमुनिका रहेको र सेवनकर्ता मध्ये ५७ प्रतिशतले सिरिन्ज प्रयोग गर्ने गरेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । सिरिन्ज प्रयोग गर्ने मध्ये १३ प्रतिशतले साटासाटा गरि गर्ने गरेको र ८३.२ प्रतिशतले दुई वा दुई भन्दा बढी लागुऔषध प्रयोग गर्ने गरेको पाईएको बताए।नेपालमा सबैभन्दा प्रभावित जिल्ला काठमाण्डौ,पोखरा,धरान,झापा,बिराटनगर,जनकपुर बिरगंज,रुपन्देह,चितवन,हेटौडा र बांके रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।

 

 



लागुऔषध प्रयोगकर्ताहरु बार्षिक ११ प्रतिशतले बढ्ने गरेको पाईएको तथ्यांक सर्वजनिक प्रहरी नायब उपरीक्षक पाण्डेयले गरेका थिए । कार्यक्रममा शुक्रौली स्वास्थ्य चौकीप्रमुख बलराम सापकोटा,पत्रकार हुसेन अन्सारी,लगायतले आ-आफ्नो  धारण राखेका थिए । रामग्रामको स्वास्थ्य संस्थामा कार्यरत अन्य सरोकरवालहरु गरी ४० जनाको सहभागिता रहेको रामग्राम स्वास्थ्य शाखाका सि.अ.हे.ब. अधिकृत अनिल खड्काले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?