ट्रेन्डीङ्ग

सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पुर्वपश्चिम राजमार्ग अबरुद्ध

परासी।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ।

 

वर्षाका कारण डाइभर्सन मर्मतमा समस्या भएको छ।सोमनाथ खोलामा पानीको बहाव नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाव घटेपछि मात्र मर्मतको काम हुने बताइएको छ।

 

डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?