ट्रेन्डीङ्ग

रामग्राम सुक्रौली स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सहितको प्रसूतिसेवा केन्द्र संचालनमा

परासी।रामग्राम नगरपालिकाले एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा,भिडियो एक्स-रे सेवा संचालनमा ल्याएको छ।रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्वास्थ्य चौकीमा सेवा सुविधा नहुदाँ निजी स्वास्थ्य सस्था र जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटाउनको लागि एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा, भिडियो एक्स- रे सेवा संचालन ल्याईएको बताए।

 

 

 

लुम्बिनी प्रदेश सरकारले उपलब्ध गएको डिजिटल भिडीयो एक्सरे सेवा ,संचालन ल्याईएको बताउदै परासी भैरहवा बुटवल जानुपर्ने बाध्यतालाई  मध्ये नजर गरी वडार्कै स्वास्थ्य चौकीमा एसी सहितको सुरक्षित प्रसूति सेवा केन्द्र,बारिङ्ग सेवा संचालन गरिएको नगरप्रमुख यादवको भनाइ छ।

 



नगरपालिका भए पनि नगरमा अधिकाश ग्रामिण तथा दक्षिण क्षेत्र रहेकोले त्यहाँ जनताहरुलाई गुणस्तरीय सेवा दिनको लागि दक्ष जनशाक्ति सहितको प्रसूति सेवा केन्द्र सेवा संचालन ल्याएको नगर प्रमुख यादवले बताए।साप्ताहिक रुपमा नगरभित्र  घुम्ती भिडियो एक्सरे सेवा संचलान गर्ने र नगरवासीको स्वास्थ्य सेवा पहुँच पुर्याउनका निम्ति सल्कप साथ काम गरिरहेको यादवको भनाइ छ।

 

 

 

कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरीले यहाँ सुरक्षित प्रसूति सेवा केन्द्र, बारिङ्ग सेवा, भिडियो एक्स- रे सेवा संचालनमा नहुँदा घण्टौ लगाएर ग्रामीण क्षेत्रका जनता परासी बुटवल भैरहवा वा अन्त्रय ठाउँ जानुपर्ने अवस्था रहेकोमा आफ्नै वडामा रहेको सुक्रौली स्वास्थ्य चौकीबाट सुरक्षित प्रसूति सेवा केन्द्र, बारिङ्ग सेवा, भिडियो एक्स- रे सेवा संचालनमा पाउँदा यहाँ जनताहरु र हामी समेत हर्षति भएको बताईन।

 

 

 

 प्रयोशाला सहितको स्वास्थ्य चौकीमा प्रसूती सेवा र भिडियोएक्सरे नहुदाँ परासी सदरमुकामको एवं भैरहवा बुटवल जानुपर्ने बाध्यता रहेको थियो तर नगरपालिकाले गाउँकै स्वास्थ्य चौकीमा प्रसूती सेवा र भिडियोएक्सरे सञ्चालनमा आएपछी ग्रामीण भेगका जनताहरु स्वास्थ्य परीक्षण जानुपर्ने अवस्थाको अन्त्य हुने र दक्ष चिकित्सक सेवा उपलब्ध हुने यसमा यसक्षेत्रका जनता खुसी हुने दिन भएको बताईन।

 

 

 


नगरपालिकाले ६५ बर्ष माथिका जेष्ठ नगगरिकलाई मासीक रुपमा घरगई जेष्ठ नागरिसंग मेयर कार्यक्रम दुुई हजार ८ सय ८० जनालाइ सेवा दिएको,गर्भवती तथा सुत्केरी महिलाहरुलाई लागि पौष्टिक आहार बितरण कार्यक्रम अन्तर्गत ६ सय १९ गर्भवती महिला र सुत्केरी महिला गरी कुल ८ सय ९५ जना सेवा ,समुदायमा शिघ्र कुपोशित बालबालिकाखोज पडताल कार्यक्रम १६ जना पत्ता लाईएको रामग्राम स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिए।

 

कार्यक्रममा रामग्राम नपा वडान १६का वडा अध्यक्ष बिजय कुमार यादव,वडान १५ का वडाअध्यक्ष धनपत यादव,वडान ४  का वडा अध्यक्ष मदन यादव लगायतले आ-आफनो धारण राखेको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलिराम सापकोटाले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?