ट्रेन्डीङ्ग

रास्वपा सुनवल-१३ को अध्यक्षमा लोकराज

सुनवल।राष्ट्रिय स्वतन्त्र पार्टी सुनवल नगरपालिका-१३ मा सम्पन्न वडा भेलाले लोकराज शर्माको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ।जसको उपाध्यक्षमा रमेश तिवारी सचिवमा सरस्वती केसि सर्वसम्मत चयन भएका छन।

 

त्यसैगरि सदस्यहरुमा क्रमशःप्रबिन पन्थ,लिलाधर तिवारी,जीवन पान्डे,भिम पराजुली,प्रेम पासवान,रुपप्रसाद कुमाल,पुर्णबहादुर राना,मिरा चौधरी चयन भएका छन।

 

सुनवल नगर उपसंयोजक सोभा ढकालको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला संयोजक मदन पौडेल(राज)लुम्बिनी प्रदेश सदस्य युवराज ढकाल,रामग्राम नगर संयोजक रवि पाण्डेय,सुनवल नगर सदस्य लगायतको उपस्थिति रहेको थियो।

 

भेलामा रास्वपा जिल्ला संयोजक मदन पौडेल,रामग्राम नगर संयोजक रवि पाण्डे,सुनवल-१३ का पुर्ववडा अध्यक्ष कृष्ण देवकोटा लगायतले सुभकामना व्यक्त गरेका थिए।

रास्वपाले वडातहमा संगठन बिस्तार तिब्र रुपले अगाडि बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?