ट्रेन्डीङ्ग

जेठ ६ गतेदेखि सुनवलमा छैठौं मेयर कप फुटबल प्रतियोगीता हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा छैठौं मेयरकप फुटबल प्रतियोगीता हुने भएको छ।


पत्रकार सम्मेलन गर्दै छैठौं मेयरकप फुटवल प्रतियोगीता जेठ ६ गतेदेखि २० गते सम्म सुनवल १० गौडाखाल स्थित मनकामना रंगशालामा हुने छैठौं मेयर कप फुटवल प्रतियोगीता उपभोत्ता समितिका अध्यक्ष जित वहादुर पुनले जानकारी दिए।



सुनवल नगरपालिका भित्रका सवै १३ वटै वडाहरु प्रतिस्पर्धा गर्ने फुटवल प्रतियोगीता लाई ए र बि गरि दुई पोलमा विभाजन गरिएको छ।




पहिलो खेल पोल “ए” अन्तर्गत वडा नम्वर १ र ५ विच हुने अयोजकले जनाएको छ। खेलमा विजेता टिमले नगद रु १ लाख ४० हजार,उपविजेता हुने टिमले ८० हजार र सेमिफाइनलिस्ट टिम ले रु २५/२५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।त्यस्तै विभिन्न विधामा रहेर उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडिहरुलाई समेत नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ।




पश्चिम नवलपरासी फुटवल संगै विभिन्न खेलकुद क्षेत्रको उर्वभर भुमिका रुपमा रहेको छ।यस जिल्लाबाट राष्ट्रिय फुटवल खेलाडी विमल घर्तिमगर लगायतका खेलाडीहरुले राष्ट्रकै प्रतिनिधित्व गरेका छन भने राष्ट्रिय क्रिकेट टोलिका कप्तान रोहित कुमार पौडेलको गृह जिल्ला पश्चिम नवलपरासी वर्दघाट नगरपालिकामा पर्दछ।पछिल्लो समयमा स्थानिय तहहरुले समेत खेलकुद प्रति चासो देखाएकै कारण यस क्षेत्रका खेलाडिहरु समेत उत्साहित भएका छन।





छैठौं मेयर कप फुटवल प्रतियोगीता उपभोत्ता समितिका अध्यक्ष जितवहादुर पुनको अध्यक्षता र वडा नम्वर १० का वडाध्यक्ष दिलबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा वडा नम्वर ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी,वडा नम्वर ३ का वडाध्यक्ष पविन गुरुङ लगायत जनप्रतिनिधिहरु र पुर्व वडाध्यक्षहरु समेतको उपस्थीति रहेको थियो।

 

त्यस्तै पत्रकार सम्मेलनमा जिल्ला फुटवल संघका अध्यक्ष धनप्रसाद गुरुङ लगायत पदाधिकारी,फुटवल खेलाडीहरु र स्थानियहरुको उपस्थिती रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal