सुनवल।उधोग बाणिज्य सघं सुनवलले नवनिर्वाचित नेपाल उधोग बाणिज्य महासघं केन्द्रिय सदस्यहरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना व्यक्त गरेको छ।
उधोग बाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा उधोग बाणिज्य महासघंं लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्यहरु केशव भण्डारी,मोहन श्रेष्ठ,उज्ज्वल कसजु,भीष्म न्यौपाने लगायतलाई बधाई तथा शुभकामना दिइएको हो।
सो अवसरमा प्रमुख अतिथि उधोग बाणिज्य महासघं लुम्बिनी प्रदेश अध्यक्ष शर्माले समग्र उधोगी ब्यबसायीहरुको हकहितमा लाग्ने भन्दै त्यसका लागि पैरबी गर्ने बताए।
बधाई तथा शुभकामना दिदै उद्योग बाणिज्य सघं सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बर्तमान समयमा उधोगी ब्यापारीहरु निकै अफ्ट्यारो अवस्थामा रहेको भन्दै यस अवस्थाबाट उधोगी ब्यापारीहरुलाई राहत हुने गरि केन्द्रले पहल गर्नुपर्ने बताए।
कार्यक्रममा लुम्बिनी यातायात व्यवसायी समितिका उपाध्यक्ष बिष्णु सुबेदी,नेपाल मदिरा ब्याबसायी सघं केन्द्रीय सदस्य हरि भन्डारी,नेपाल उधोग बाणिज्य महासङ लुम्बिनी प्रदेश निबर्तमान अध्यक्ष गुणनिधी तिवारीले राज्यले अहिले उधोगी व्यवसायिहरु धरापमा परेको भन्दै तत्कालको परिस्थितिबाट राज्यलेनै भुमिका खेल्नुपर्ने बताए।
त्यस्तै नेपाल उधोग बाणिज्य महासङ केन्द्रिय सदस्य भीष्म न्यौपाने,उज्ज्वल कसजु,मोहन श्रेष्ठ,केशब भण्डारी लगायतले उधोगी ब्यापारीहरुको पिरमर्कालाई मध्यनजर गर्दै समस्या समाधान गर्न पहल गर्ने बताए।साथै उधोग बाणिज्य सघं सुनवललाई महसघंको सदस्यीय सम्बन्धन प्राप्तिको लागि पहल गर्ने समेत बताए।
नवनिर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले स-साना उद्योगी व्यवसायीहरुलाई पनि जोड्दै जानुपर्ने उद्योग वाणिज्य संघ सुनवलका उपाध्यक्ष लेखनाथ खरेलको भनाई छ।कार्यक्रममा सुनवल क्षेत्रका उधोगी ब्यापारी र विभिन्न सघंं सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको उधोग बाणिज्य सङ सुनवलका महासचीव तेजु भण्डारीले जानकारी दिए।