ट्रेन्डीङ्ग

रामग्राम सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनःराजु बर्मा निर्वाचित

परासी।रामग्राम सुनचाँदी व्यवसायी समितिको चौथो बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन परासीमा सम्पन्न भएको छ।अधिवेशनले राजु कुमार सुनार(बर्मा)को अध्यक्षता ९ सदस्य कार्यसमिति चयन गरेको छ।

 

संघको उपाध्यक्षमा अशोक बर्मा,सचिवमा सुबास  बर्मा,कोषाध्यक्षमा अर्जुन सुनार चयन भएका छन।त्यसैगरी सदस्यहरुमा क्रमश:अनिल बर्मा,सुनिल बर्मा,सागर बर्मा,जैकी बर्मा,रमेश बर्मा चयन भएको सचीव शुबास बर्माले जानकारी दिए।

 

 

समितिका अध्यक्ष राजु कुमार सुनार(बर्मा)को अध्यक्षता एवं रामग्राम नगरपालिका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यता भएको साधारण सभामा बोल्दै प्रमुख अतिथि नगर प्रमुख यादवले समाज धेरै परिवर्तित भइरहेको छ त्यसैले व्यवसायी क्षेत्रमा महिलाको पनि प्रतिनिधित्व हुनुपर्ने बताए।

 

नगर प्रमुख यादवले व्यवसायी क्षेत्रमा भएको समस्या समाधान गर्न व्यवसायी सगै एकैठाउँमा भएको प्रतिबद्धता व्यक्त गरेका थिए।

 

 

 

त्यसैगरी बरिष्ट अतिथि रामग्राम नगर उपप्रमुख सम्झना चौधरीले देशमा आर्थिक संकट बड्दै गएकोले व्यवसायीले धैर्यतापुर्वक काम गर्न आग्रह गरेकि थिइन। सुनचाँदी व्यवसायीलाई योजनाबद्द रूपमा तालीम व्यवस्थापन गर्न,करको दायरा सम्बोधन र व्यवसाय दर्ता,दर्ता नविकरण समयमै गरि हर्जना तिर्नबाट आग्रह बच्न आग्रह गरिन।

 

 

चौधरीले जनप्रतिनिधि नगर बिकासका लागी व्यवसायी संग सहयात्री गरेर अगाडि प्रतिबद्धता व्यक्त गरी।

 

कार्यक्रममा वक्ताहरुले सुनचाँदी व्यवसायीनै बिस्तापित हुने स्थिति सबै व्यवसायी एक भएर लाग्नु पर्ने बताए।स्थानीय कालिगड बिस्तापित हुने गरेको र छिमेकी देशका कालिगड स्थापित हुने गरेकोले स्थानीय सीप र प्रवन्धनको लागि स्थानीय सरकारले तालीमला लागि पनि पहल गर्नुपर्ने जोड दिएका थिए।

 

कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी सहकोषाध्यक्ष राजकुमार सुनार,नवलपरासी सुनचाँदी व्यवसायी अध्यक्ष अर्जुन सुनार,उपाध्यक्ष कुलदिप सुनार,बर्दघाट उधोग बाणिज्य संघका सदस्य पदम सुनार,सुनवल नगरकमिटी अध्यक्ष हुमबहादुर सुनार,सुनचाँदी व्यवसायी बर्दघाट नगर कमिटी उपाध्यक्ष उपेन्द्र सुनार लगायतले बोलेका थिए।

कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

 

कार्यक्रममा अग्रज व्यवसायी,सल्लाहकार पुर्व कार्यसमितिलाई सम्मान गरिएको थियो।अशोक सुनारको स्वागत सगै सुरु भएको कार्यक्रम सस्थाका सचीवको सुवासचन्द्र बर्माको संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?