ट्रेन्डीङ्ग

देवकोटामा अध्ययनरत कक्षा ११ का विद्यार्थीद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयका कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विद्याई गरेका छन।

कक्षा ११ का विद्यार्थी शंकर अर्यालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको प्रमुख आतिथ्यतामा विद्याई कार्यक्रम सम्पन्न भएको हो।

विद्याई कार्यक्रममा वोल्दै प्रमुख अतिथि अर्यालले नियमित प्रक्रिया अन्तरर्गत विद्याई कार्यक्रमम भएपनि देवकोटामा अध्ययन गर्ने विद्यार्थीहरु मनबाट भने कहिल्यै विद्याई नहुने भन्दै सम्पुणर्मा शैक्षिक सफलताको सुभकामना दिए।

त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष डिल्लीराम शर्मा,विद्यालयका प्रध्यानाध्यापक खेमलाल जोशी शर्मा,विद्यालय व्यवस्थापन समिति सदस्य प्रतिभा कार्कि,रामजी बावु पराजुली र शिक्षक अभिभावक संघ सदस्य धनेश्वर कंवर लगाएतले विद्यार्थीको आगामि शैक्षिक सफलता शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै कक्षा १२ को तर्फबाट विद्यार्थी सोप्नीक्षा बरालले देवकोटा नमुना मा.विले दिएको ज्ञान र पठनपाठनको बातावरण अविस्मरणीय रहने बताइन।आफ्नौ आगामी शैक्षिक यात्रामा देवकोटा नमुना माध्यामिक विद्यालयले थप उर्जा थपेको बताए।

विभिन्न सांस्कृतिक कार्यक्रम सहित सोमनाथ रिर्सोटमा गरिएको विद्याई कार्यक्रममा स्वागत अनुपा चौधरीको रहेको थियो भने कार्यक्रम कला वस्याल र कृष्ण थापा क्षेत्रीले संचालन रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal