ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेश छनौटका लागी नवलपरासीका खेलाडीहरुलाई शुभकामना विदाई

सुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ।


१३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरले बताए।


विदाई तथा सुभकामना कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति प्रमुख भगौति यादवले नवलपरासी खेलको उर्वर भुमि रहेको र थप उजागर गर्न खेलाडीहरुले आफ्नो कला र खेलसिपलाई अबिचलीत रुपमा प्रदेशमा पनि प्रस्तुत गर्नुपर्नेमा जोड दिए।



यहि वैशाख १२ र १३ गते राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको प्रदेश छनोटमा पश्चिम नवलपरासीबाट ७८ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए।



प्रदेश छनोटमा सहभागी हुने खेलाडीहरुलाई विदाई सहित आयोजीत शुभकामना कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको प्रमुख आतिथ्यता रहेको थियो।



त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य जिल्ला खेलकुद विकास समिति सदस्य कमला रानाको रहेको थियो भने कार्यक्रम संचालन समितिका उपाध्यक्ष रमेश कर्माचर्याको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal