ट्रेन्डीङ्ग

बर्दघाट खानेपानी निर्वाचन:चार दलको गठनबन्धन,रास्वपा एकल,साना दलको संयुक्त प्यानल

परासी।पश्चिम नवलपरासीको एक खानेपानी संस्थामा चार ठुला दल राष्ट्रिय दलको गठबन्धन बिरुद्ध साना भनिएका दलहरुले संयुक्त गठबन्धन बनाएका छन।

 

 

 

हरेक अधिबेशनमा दलीय हुने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने एकल रुपमा उम्मेदवारी दिएको छ।

 

 

 

अघिल्लो कार्यकालको चुनावसम्म दुईवटा प्यानल बनाएर निर्वाचन लड्ने दलहरु यस पटक भने तीनवटा प्यानल दर्ता गरेर चुनावी मैदानमा उत्रिएका हुन।बैशाख ९ गते हुने मतदानका लागि आइतवार तीनवटा प्यानलबाट उम्मेदवारी दर्ता गरिएको हो।

 

 

 

देशकै सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले दोस्रो ठुलो दल नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार दीपक लम्सालको नेतृत्वमा निर्वाचनमा होमिने गरेर उम्मेदवारी दर्ता गराएको छ।

 

 

 

यस प्यानलमा देशको तेस्रो ठुलो दल नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)सामेल छन।

 

 

 

यस प्यानलको उपाध्यक्षमा काँग्रेसको तर्फबाट कमल थापा,सचिवमा एमालेको तर्फबाट शोभाकान्त कोइराला र कोषाध्यक्षमा राधादेवी अधिकारी र मनिसरा मश्राङगीको उम्मेदवारी परेको छ।

 

 

कोषाध्यक्षका उम्मेदवार अधिकारी र मश्राङ्गी दुवैजना काँगेसका कार्यकर्ता हुनुहुन्छ।सत्तारुढ र बिपक्षी दलहरु मिलेर बनाइएको यस प्यानलमा चारवटा दल रहेका छन यस प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ।

 

 

 

त्यस्तै गरी बर्दघाटमा क्रियाशिल साना भनिएका चार दलले राष्ट्रिय जनमुक्ति पार्टीका नेता धनबहादुर गुरुङ्गको नेतृत्वमा संयुक्त गठबन्धन बनाएर उम्मेदवारी दिएका छन्।

 

 

गुरुङ्ग यस अघिको कार्यसमितिमा सचिव रहनुभएको थियो।गुरुङ्गको यस प्यानलमा उपाध्यक्षमा राप्रपाको तर्फबाट शेरबहादुर दर्जी,सचिवमा मोतीलाल सुनार र कोषाध्यक्षमा रेवती पुनको उम्मेदवारी रहेको छ।

 

 

 

यो संयुक्त प्यानलमा नेकपा(क्रान्तिकारी माओवादी)बाट गौरी पोखरेल र विप्लव नेतृत्वको नेकपा(विप्लव)बाट निरबहादुर पाठक लगायतको उम्मेदवारी दिएका छन।यस प्यानलमा जनमुक्ति, राप्रपा,क्रान्तिकारी माओवादी र विप्लव नेकपाको प्रत्यक्ष उम्मेदवार छन।गुरुङ्ग नेतृत्वको यस संयुक्त प्यानललाई नेकपा(बहुमत),नागरिक उन्मुक्ति पार्टी,जनमत पार्टी र मंगोल अर्गनाइजेसन लगायत ४ दलको समर्थन समेत रहेको छ।

 

 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एकल रुपमा उम्मेदवारी दर्ता गराएको छ।

 

 

 

रास्वपाले राजेन्द्र प्रसाद तिमिल्सिनाको नेतृत्वमा उपाध्यक्ष सागर गैरे,सचिव खिमानन्द पुरी र कोषाध्यक्षमा कविता रेग्मी अधिकारीलाई अगाडि सारेको छ।

 

 

 

लेखा समितिमा पनि तीनवटै प्यानलबाट उम्मेदवारी रहेको छ।

 

 

 

काँग्रेस एमाले माओवादी केन्द्र लगायतको संयुक्त गठबन्धनबाट नारायण भण्डारी,राष्ट्रिय जनमुक्ति पार्टी नेतृत्वको साझा गठबन्धनबाट पुर्ण बहादुर सारु र रास्वपाबाट शंकर भट्टराई लेखा संयोजकको उम्मेदवार बनेका छन।भण्डारी पत्रकार समेत हुन।

 

 

 

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय भने अझै बैशाख ५ गते सम्म बाँकी नै छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal