ट्रेन्डीङ्ग

बर्दघाटबाट पिकअप सहित २ लाख ४२ हजार बराबरको बोईलर कुखुरा बरामद

परासी।पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले २ लाख ४२ हजार बराबरको बोइलर कुखुरा नियन्त्रणमा लिएको छ।



पुर्व-पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ न को पिकअप सहित बोइलर कुखुरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए।




प्रहरीले ६०० जिउदो (११०० के.जी.)अन्दाजी २ लाख ४२ हजार मुल्य बराबरको कुखुरा र पिकअप सहित चालक नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पशु क्वरेन्टाईन महेशपुर बुझाइएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?