ट्रेन्डीङ्ग

बायाटारीमा वित्तिय सारक्षरता तथा व्यवसायी च्याउखेती तालीम सम्पन्न

स्याङ्जा।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था वायटारी साखाले वायटारीमा आज एक कार्यक्रमको बीच आफ्ना सदस्यहरुलाई एक दिने वित्तीय साक्षरता तथा ब्यवसायिक च्याउ खेती गर्ने तालिम प्रदान गरेको छ।

 


पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको छ।

 


वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा वालिङ नगरपालिका वडा नं १३ का वडा अध्यक्ष नमलाल डुम्रे,वडा सदस्य लालवहादुर थापा,जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा अकला आवाज साप्ताहिकका सम्पादक ध्रुव गौडेल लगायतले अहिलेको वित्तीय अवस्था संगै लघुवित्तले गरेका राम्रा नराम्रा कार्यहरूका विषयमा आ-आफ्ना धारणा राखेका थिए।

 


यसैगरी क्षेत्रीय प्रमुख अमित क्षेत्रीले आफ्ना सदस्यहरुलाई वित्तीय जानकारी सहज र सरल ढंगबाट प्रशिक्षित गरेका थिए।


 


ब्यवसायिक च्याउ खेती तालिमका प्रशिक्षक द्वय गोविन्द प्रसाद शर्मा र हुम वहादुर कुमालले पराल धुने पकाउनेदेखि बीउ राख्नेसम्मको प्रयोगात्मक हिसाबले सदस्यहरुलाई अभ्यास गराउदै सिकाएका थिए।



 

यसैबीच तालिमका सहभागि सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र सस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणिहरुको आर्थिक स्तर माथी उठ्ने बताएका छन।


सुर्यादय लघुवित्त वित्तीय संस्था अनुगमन अधिकृत दिपक अधिकारीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको अध्यक्षता सदस्य राधिका भण्डारी रहेको थियो।


करिब १०० जना सदस्यहरू उपस्थित भएको कार्यक्रमको सञ्चालन वायटारी शाखा प्रमुख राजु नेपालीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?