ट्रेन्डीङ्ग

अन्तरपालिका समन्वय बैठक:बिकास निर्माणका काम समन्वय गरेर गर्ने निर्णय

सुनवल।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका पालिकाहरु विच विकास निर्माणका साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढने निणर्य भएको छ।

 



स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत अन्तरपालिका समन्वय मार्फत स्थानिय विकास कार्यक्रम सञ्चालन गरी उत्कृष्ठ र संमृद्धि हासिल हुने भन्दै सो निणर्य गरिएको हो।




सुनवल नगरपालिकाको आयोजनामा भएको अन्तरपालिका समन्वय वैठकमा शिक्षा,स्वास्थ्य, सुरक्षित आवास कार्यक्रम,राजश्व परिचालन,रोजगारी सिर्जना,पर्यटन विकास,वातावरण तथा उदम विकास लगायत विषयमा समन्वय गर्ने भनिएको छ।


कार्यक्रममा शिक्षा,स्वास्थ्य,सुरक्षित आवास कार्यक्रम,भौतिक पुर्वाधार लगायत विषयमा पालिकाका कार्यसम्पादन अवस्था,समस्या र आगामी कार्ययोजनाका वारेमा समेत छलफल गरिएको थियो।





कार्यक्रममा पुर्व कानुन मन्त्रि एवं प्रतिनिधिसभा सदस्य धुर्व बहादुर प्रधानले राम्रो र छिटो कार्यसम्पादन कसरी गर्ने सो विषयमा स्थानिय सरकारसंग समन्वय गर्दै विकासका कार्यकम अगाडि बढाउनु पर्ने बताए।पछिल्लो कार्यको तत्काल समीक्षा गरी नियामक निकायसंग छलफल गर्नु पर्ने प्रधानको भनाई थियो।

 




स्थानिय उत्पादन र विशेषतालाई प्राथमिकता दिनु पर्ने प्रतिनिधिसभा सदस्य प्रधानको जोड दिए।उनले जनताको हितमा गर्ने हरेक काममा सहयोग रहने समेत बताए।

 

 


जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले विकास गतिविधिमा कुनै कसर नराखी जिससबाट गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताए।

 




सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालले सुनवलको हरेक क्षेत्रमा नगरले क्रमिक रुपमा विकास निर्माण कार्य अगाडि बढाईरहेको भन्दै पालिकाहरुमा रहेका समस्या पहिचान र समाधानका लागि सांसदहरुले पहल गर्नुपर्ने बताइन।

 




जनताका काममा सम्पुर्ण जनप्रतिनिधि,सांसदहरुको अर्थपूणर् सहभागिता रहेमा विकास निर्माणले तिव्रता पाउने बताइन।

 




रामग्राम नगरपालिका प्रमुख धनपद यादवले सुरक्षित आवास कार्यक्रम अन्र्तगत बजेट बढाउनु पर्ने तथा कार्यविधि संसोधन हुनुपर्ने बताए।



पाल्हीनन्दन गाउँपालिकाका प्रमुख बैजु प्रसाद गुप्ता र सरावल गाउँपालिकाका प्रमुख सुखाडी प्रसाद चौधरीले पनि आफ्ना पालिकामा भएका विकास निर्माण अवस्थाका वारेमा जानकारी गराएका थिए।

 





सामाजिक विकास समिति संयोजक भगवती बस्यालले स्वागत मन्तव्य राख्दै पार्टी भन्दा माथि उठेर समग्र विकास गतिविधिमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताइन।

 





सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले संचालनमा रहेको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,पालिकाका विपद् व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal