ट्रेन्डीङ्ग

आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्त शुल्क स्थानीय कर र घरेलु सम्बन्धि भुमहिमा अन्तरक्रिया सप्पन्न

सुनवल।उधोग बाणिज्य संघ सुनवलले आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क स्थानीय कर र घरेलु सम्बन्धि अन्तरक्रिया गरेको छ।

 

रामनगर बजार बिकास संस्थाको सहयोगमा संघले सुनवल क्षेत्रका उधोगि ब्यापारीहरुको सहभागीतामा आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क,स्थानीय कर र घरेलु सम्बन्धि विषयमा अन्तरक्रिया गरेको उधोग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिए।

 

 

अन्तरक्रिया कार्यक्रममा उधोग दर्ता सम्बन्धमा घरेलु तथा साना उधोग कार्यालयका प्रमुख गंगाधर पाण्डेले जानकारी सहित जिज्ञासाको सम्बोधन गरेका थिए।

आन्तरिक राजस्व,मूल्य अभिबृद्धी,अन्तशुल्क स्थानीय कर सम्बन्धमा करदाता सेवा केन्द्र परासीका प्रमुख बिकल्प भट्टराईले जानकारी गराए।

 

 

कार्यक्रम उधोग बाणिज्य सङ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा सुनवल नगरपालिकाका प्रबत्ता कृष्ण प्रसाद बगालेको प्रमुख आतिथ्यता र सङघका महासचिव तेजु भन्डारीको सन्चालमा सम्पन्न भएको हो।

 

कार्यक्रममा सुनवल वडा नं ११ का वडाध्यक्ष कमल च्वाई,राम नगर बजार विकास सस्थाका अध्यक्ष युवराज भुसाल लगायतले बोलेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal