ट्रेन्डीङ्ग

नवलपरासी सेवा समाज युएईद्वारा मृगौला पीडित रानालाई आर्थिक सहयोग हस्तान्तरण

सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ११ जर्गाहा स्थित मृगौला पीडित कमल प्रसाद रानालाई आर्थिक सहयोग गरेको छ।

 

समाजले सुनवल वडा नं ११ वडा कार्यालय परिषरमा एक कार्यक्रमका विच मिर्गौला पिडित रानालाई रु २५ हजार रुपैया सहयोग हस्तारन्तरण गरेको नवलपरासी सेवा समाज युएईका प्रचार प्रसार प्रमुख खिमानन्द भुसाल अतितले जानकारी दिए।

 

समाजका सस्थापक अध्यक्ष मित्रलाल पाण्डेको अध्यक्षता तथा सुनवल वडा नम्बर ११ का वडाध्यक्ष कमल चुवाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष चुवाईले रोजगारीको सिलसिलामा पनि सहयोग गर्नुहुने युएईमा रहनुहुने दाजुभाइ दिदिबहिनी सम्पुणर्लाई धन्यवाद दिए।

 

सहयोग कार्यक्रमको संचालन रुपा डुम्रे भुसालको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal