ट्रेन्डीङ्ग

राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

बर्दघाट।क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी(बर्दघाट —सुस्ता पश्चिम)को बर्दघाटमा आज सम्मान गरिएको छ।

 

 

 

बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको हो।सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो।उहाँले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताउनुभयो।उहाँले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

 

 

कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताउनुभयो।उहाँले आफूहरूको अबको लक्ष्य विश्वकप छनोट भएको उल्लेख गर्नुभयो।“अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो।त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,” उहाँले भन्नुभयो।

 

 

उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेको हो।नवलपरासी बर्दघाट-१४ निवासी पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?