ट्रेन्डीङ्ग

आधारभुत तह कक्षा ८ को परिक्षा सुनवल नगरपालिकाद्धारा अनुगमन

सुनवल।सुनवल नगरपालिकाले आधारभुत तह कक्षा ८ को परिक्षा संचालन भैरहेको केन्द्रहरुको अनुगमन गरेको छ।

 

 



सुनवल नगरपालिका वडा नम्वर ७ र ८ का आधारभुत तह कक्षा ८ को परिक्षा केन्द्र ज्योति मावि र अन्नपुणर् इंग्लिश सेकेन्डरी वोडिङ स्कुलमा नगर प्रमुख सहितको टोलिले अनुगमन गरेको हो।

 

 


आधारभुत तहको परिक्षा मर्यादित, शान्त र भयरहित तरिकाले संचालन भएको अनुगमन टोलिले जनाएको छ।

 

 

 


वडा नम्वर ७ र ८ का गरि ५ आधारभुत तहका विद्यार्थीहरुले ज्योति मा.वि र अन्नपुणर्मा इंग्लीश वोर्डिङ स्कुलमा परिक्षा दिइरहेको सुनवल नगरपालिकाले जनाएको छ।

 

 


ज्योति मा.विमा दुई विद्यालयका ५४ जना विद्यार्थीहरु सहभागि भएका छन् भने अन्नपुणर् इंग्लीश वोर्डिङ स्कुलमा तिन विद्यालयका १सय ५६ जना विद्यार्थीहरु सहभागि भएका छन।

 

 


अनुगमनमा नगरप्रमुख विमला अर्याल,शिक्षा शाखा प्रमुख विष्णु गोतामे,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ प्रदेश उपाध्यक्ष सुर्य न्यौपाने,समाजिक विकास समिति संयोजक भगवति वस्याल,कार्यापालिका सदस्य विनोद टोमटा ,शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,शिक्षक राम प्रसाद ढकाल साथै नगरपालिका कर्मचारी दिपक तिवारी र गौमाया गुरुङको सहभागिता रहेको थियो।

 

 


सुनवल नगरपालिका भित्र सवै आधारभुत तह कक्षा ८ को परिक्षा ७ वटा केन्द्रबाट संचालनमा रहेको छ।

 

 


जसमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई संस्थागत विद्यालयमा केन्द्र तोकिएको छ भने संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा केन्द्र तोकिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?