ट्रेन्डीङ्ग

सुनवलमा लघुउधमी समूह गठन,संयोजकमा नरबहादुर

सुनवल।सुनवलमा नर बहादुर खड्काको संयोजकत्वमा लघु उधमी समुह गठन भएको छ।

शुक्रवार सुनवलमा सम्पन्न सुनवल लघु उधमी समूह संघको भेलाले खड्काको संयोजकत्वमा १३ सदस्यीय लघु उधमी तदर्थ समिति गठन भएको हो।

जसको सह सम्योजकमा बिमल ढकाल,सचिव मोहन कार्की क्षेत्री, कोषाध्यक्ष समिक्षा सिजापति, सदस्यहरु क्रमश शोभा कुमारी ठाडा मगर,हरि लाल गुप्ता,भिम कला चापागाईं,शान्ति श्रिस,भुमिसरा काला,दुर्गा पौडेल,ईश्वर पाण्डे बस्याल,एक नारायण सुवेदी र रेशम बहादुर कुवर सर्वसहमतिबाट चयन हुनुभएको छ।


कार्यक्रमको उद्घाटन शत्रमा प्रमुख अतिथि नगर प्रमुख बिमला अर्यालले नगरको आवस्यकता महसुस गरेर संघलाई ब्यवस्थित गराउनुपर्ने बताउनुभयो।उहाले सबै साना नगर भित्र रहेका लघु उधमीहरूलाई केन्द्रीकृत गराउनका निमित्त यो कार्यक्रम तर्जुमा गरिएको जानकारी गराउनुभएको थियो।



कार्यक्रममा सुनवल नगर स्तरीय पशुपंन्छि बिकास समूहका अध्यक्ष मोहन कार्की क्षेत्री,प्रशासकिय प्रमुख भक्तिराम मरासिनी लगायतले नगरले बिकासको कामको उघुउधमीहरूलाई एक ठाउमा ल्याउनु पर्छ आफ्नो,समाज र देशको उन्नति प्रगति गराउनु यस्तो संस्थाहरूको आवस्यक सहित शुभकामना मन्तब्य दिनुभयो।


सघंकी उपाध्यक्ष मिना राईको स्वागतसगै सुरु भएको कार्यक्रमको संचालन ईश्वरी पाण्डे बस्यालले गर्नु भएको थियोे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal