ट्रेन्डीङ्ग

भूमहिमा एड्भान्स ब्युटिपार्लर तालिम सुरु

सुनवल।आधारभुत तालिम हासिल गरिसकेका उद्यमीहरुको सिप तथा व्यवसायको स्तोरन्नती गरी रोजगार एवं आम्दानी बृद्धि गर्न सहयोग पुर्याउने उदेश्यले पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा एडभान्स व्युटिपार्लर तालिम सुरु भएको छ।

 

 

घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा सुनवल नगरपालिका वडा नं १२ को समन्वयनमा कार्यालयको वार्षिक कार्यक्रम अनुसार प्रारम्भिक तालिम प्राप्त गरिसकेका व्यक्तिहरुलार्ई स्तरोन्नती तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम’अन्तर्गत एडभान्स व्युटिपार्लर तालिम सञ्चालन गरिएको हो।

 

 

मंगलवार कार्यक्रमको उद्घाटन गर्दै सुनवल नगरपालिका वडा नं १२ का वडाध्यक्ष चुरामणी पौडेलले सुनवल नगरपालिका सफल उद्यमीको पालिका बन्नेमा आशावादि रहेको बताउनुभयो।

 

 

घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख गंगाधर पाण्डेयले उद्यमी तयार गर्ने तथा उद्यमशिल विकाशसँगै समृद्ध मुलुक निमाणर्मा प्रयाप्त लगानी अथक मिहेनत गर्दै आईरहेकोले तालिमको मुलभुत उद्देश्य हासिल गर्न सम्बद्ध प्रशिक्षार्थि,प्रशिक्षक र सरोकारवालाले आ-आफ्नो ठाँउबाट गर्नुपर्ने भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

 

 

कार्यक्रममा कार्यपालिका सदस्य भगवती बस्याल,जनता सम्झौता बचत तथा ऋण सहकारी सस्थाका भोला पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।घरेलु तथा साना उद्योग कार्यलयका उद्यम विकाश सहजकर्ता मनोज कुमार चौधरीले स्वागत मन्तब्य राख्नुभएको थियो।अबको तिन महिनासम्म सञ्चालन हुने तालिममा ३० जना प्रशिक्षार्थिको सहभागी रहेको तालिममा शेष कुमारी भट्टराईले प्रशिक्षण दिनुहुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal