ट्रेन्डीङ्ग

सामाजिक उत्तरदायित्व वहन गर्दै नयाँ पाइलाले गर्यो रक्तदान

सुनवल।आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ पाईला बहुउदेश्यीय सहकारी संस्था लि.सुनवल ८ सिरान टोल नवलपरासीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

 

 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा सुनवल स्वास्थ्य चौकीको प्राङगणमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिनुभयो।

 

 

सञ्चालक समिति अध्यक्ष कृष्ण केसीको अध्यक्षता तथा सुनवल वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष गुरुङले रक्तदान जिवनदान जस्तो पुन्य कर्म संगै सहकारीले विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

 

आगामी दिनमा आयोजना हुने रचनात्मक कार्यहरूमा वडा को पनि सहयोग रहने बताउनु भयो ।

 

कार्यक्रमको सञ्चालन सल्लाहकार संयोजक रुद्र लामगादेले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal