ट्रेन्डीङ्ग

सुनवल प्रेस क्लव गठन अध्यक्षमा भुसाल चयन

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा सुनवल पे्रस क्लव गठन गरिएको छ।

आज सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुषालको अध्यक्षतामा नौ सदस्यिय तर्दथ समिति गठन गरेको हो।जसको उपाध्यक्षमा नारायण सुवेदी,महिला उपाध्यक्षमा कल्पना खरेल,सचिवमा प्रदिप पाठक,सहसचिवमा पुजा लम्साल,कोषाध्यक्षमा दिपक खनाल,सदस्यहरुमा नन्दलाल कवर,रेशम अधिकारी,विमल भट्टराई सर्वसम्मत चयन हुनुभएको छ।

सामाजिक विषय बस्तु संगै समग्र सुनवलको विकास गतिविधिलाई पत्रकारीता मार्फत हरेक नागरीक समक्ष पुर्याएर नागरीकको सुचनाको हकलाई स्थापित गर्ने उदेश्य सहित प्रेस क्लब गठन गरिएको नवनिर्वाचित अध्यक्ष रमेशकुमार भुषालले बताउनुभयो।सुनवलमा क्रियाशिल पत्रकारहरुको पेशागत हकहित र संरक्षण तथा यसको व्यवसायिकरणका लागि संगठन क्रियाशिल रहने उहाको भनाई छ।

संगठनको आगामी प्रक्रियाका लागि उपाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा पाचँ सदस्सिय विधान समिति र कोषाध्यक्ष दिपक खनालको संयोजकत्वमा आर्थिक समिति गठन भएको सचिव प्रदिप पाठकले जानकारी दिनुभयो।

पत्रकार महासंघमा सदस्य नभएका तर पत्रकारीता गरिरहेका सञ्चारकर्मिलाई पनि क्लवमा समावेश गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?