ट्रेन्डीङ्ग

देवकोटामा शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माविमा ३ दिने शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न भएको छ।

 

 

 

विधालयको शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधारका लागि विधार्थी,शिक्षक ,विधालय व्यवस्थापन समिति साथै अभिभावक गरि करिब ५ सय बढीलाई तालिम दिइएको विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनुभयो।

 

 

 

३ दिनसम्म चलेको उक्त उत्प्रेरणा सम्बन्धि तालिममा पहिलो दिन सुनवलका ८ मावी विधालयका समितिका अध्यक्ष,अभिभावक शिक्षक शिक्षक समिति अध्यक्ष,विधालयक प्रअ एवं शिक्षक प्रतिनिधिलाइ तालिम दिइएको थियो भने दोस्रो दिन महाकवी देवकोटाका विधार्थी,अभिभावक र त्यसैगरी तेस्रो दिन महाकविकै शिक्षकहरु प्रशिक्षित भएका थिए।तालिममा सहभागी प्रशिक्षार्थीले यस्ता तालिम निरन्तर भइ राखे शैक्षिक सुधारमा सहज हुने भन्दै खुशी व्यक्त गरेका थिए ।

 

उक्त उत्प्रेरणा सम्बन्धि तालिममा प्रशिक्षक विके शर्मा प्रशिक्षण गर्नु प्राचार्य खेमलाल जोशी शर्माले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?