ट्रेन्डीङ्ग

पूर्व मेयर थापाले पाए भ्रष्टाचार अभियोगबाट सफाइ

सुनवल।बिशेष अदालतले सुनवल नगरपालिकाका पूर्व मेयर भिम बहादुर थापा ‘भरत’ विरुद्ध चलाइएको भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ।शुक्रबार विशेष अदालतका न्यायाधीश रमेश कुमार पोखरेल, बलभद्र बस्तोला र डा. खुशी प्रसाद थारुको इजलासले यस्तो आदेश गरेको हो।

 



अवैध चुनढुंगा उत्खनन गरेको आरोपमा मेयर थापा क्षेत्रीविरुद्ध ३ करोड ८ लाख ६९ हजार रुपैयाँको बिगोसहतिको मुद्दा चलाइएको थियो।अख्तियारले चुनढुंगाको अवैध उत्खननका सम्बन्धमा मेयर थापासहित १८ जनालाई विपक्षी बनाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो।

 

 



अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र ९ जना सिमेन्ट उद्योगीविरुद्ध एक अर्ब २४ करोड ४५ लाख भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरि ९ वटा सिमेन्ट उद्योगहरूले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको र सो विषयमा विभागले गरेको छानबिन अनुसार क्षतिपूर्ति नतिराएको समेत आरोप लगाएको थियो।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal