ट्रेन्डीङ्ग

महाकवि देवकोटामा स्ववियु निर्वाचन हुने सम्भावना न्यून

सुनवल।स्ववियु निर्वाचन आचारसंहिता अनुसार आज प्रचारप्रसारको अन्तिम दिन हो।तर नवलपरासी पश्चिमको महाकवि देवकोटा क्याम्पस सुनवलमा भने विद्यार्थी संगठन र क्याम्पस प्रशासन विच तालमेल नहुदा चुनाव त परको कुरा प्रशासनिक कार्य कक्षमा लगाईएको ताला समेत खुल्न सकेको छैन।



स्ववियु निर्वाचनको माग गर्दै तिन विद्यार्थी संगठनले संयुक्त रुपमा फाल्गुन २७ गते क्याम्पसका सबै प्रशासकिय शाखाहरुमा तालाबन्दी गरेका थिए।




क्याम्पसमा छ दिन देखि लागेको तालाले विभिन्न प्रशासनिक झमेला ब्यहोर्नु परेको क्याम्पस प्रशासनले जनाएको छ।दैनिक कार्य संचालन र अभिलेख राख्ने कामसमेत प्रभावित भएको छ।



ताला खुलाउने विषयमा बुधवार पनि क्याम्पस र विद्यार्थी संगठन विच वार्ता भएको थियो तर उक्त वार्ता पनि निष्कर्ष विहिन बनेको छ।निरन्तर जारी वार्ता र छलफल सकारात्मकता तर्फ गईरहेको स्रोतको भनाई छ।



क्याम्पस प्रमुख नारायण ढकालले विद्यार्थीको मागलाई आफुहरुले गम्भीरताका रुपमा लिएको बताउँदै समस्याको समाधानको लागि प्रयत्नशिल रहेको बताउनुभयो।


स्ववियु निर्वाचन भन्दा पनि आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरुमा लचकता अपनाएर विद्यार्थी परिषद्लाई नै निरन्तरता दिईने गरि छलफल भईरहेको बताउनुभएको छ।



क्याम्पस प्रशासनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन आलटाल गरेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यार्थी संगठनले जनाएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal