ट्रेन्डीङ्ग

४ कोठे भवन निर्माण गर्दै प्रगति मावि

सुनवल।नवलपरासी पश्चिमको सुनवल ९ स्वाठीमा अवस्थित प्रगती माविमा भौतिक पुर्वाधार थप हुने भएको छ।



राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत प्राप्त ४५ लाख बजेट अनुदान र जनसहभागिता गरि कुल रु ४९ लाख ८३ हजार लागतमा विद्यालयमा ४ कोठे भवन निर्माण हुने भएको हो।


भवनको आज एक कार्यक्रमका विच सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले शिलान्यास गर्नु भएको छ।



सो क्रममा नगर प्रमुख अर्यालले शैक्षिक गुणस्तर सुधार गरी नमुना विद्यालय बनाउन आवश्यक अन्य वजेट नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो।आज शिलान्यास भएको भवन चालु आवमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।



कार्यक्रममा सुनवल वडा नं ९ का वडाध्यक्ष विरवल चौधरीले भौतिक पुर्वाधार निर्माण संगै विद्यालयको शैक्षिक विकासलाई टेवा पुग्ने बताउनु भयो।


कक्षाकोठा अभाव भएका वेला प्राप्त अनुदानले विद्यालयको भौतिक पुर्वाधार निर्माणसंगै शैक्षिक गुणस्तर पनि बृद्धि गर्दै लैजाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर खानले बताउनु भयो।


विद्यालयको शैक्षिक गुणस्तरका लागि आफुले ईमान्दारीपुर्वक जिम्मेवारी पुरा गर्ने र विगतका समयदेखी विद्यालयमा रहेका विग्रिएको कार्य प्रणालीलाई सुधार्ने प्रयासमा आफु रहेको उहाको भनाई छ।



वि.स.२०१५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको छ।विद्यालयमा हाल ७ सय विद्यार्थी अध्ययरत रहेको अध्यक्ष खानले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?