ट्रेन्डीङ्ग

महाकवी देवकोटामा शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा तालीम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको महाकवि देवकोटा नमुना माविमा ३ दिने शैक्षिक गुणस्तर वृद्धि तथा विधालय सुधार सम्बन्धि उत्प्रेरणा तालिम सुरु भएको छ।


विधालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आथित्यतामा भएको कार्यक्रम सम्बोधन गर्दै अर्यालले घर नै पहिलो पाठशाला भएकोले नगरको शैक्षिक सुधारका लागि विधालय र शिक्षकको मात्र नभई अभिभावकको पनि उस्तै भुमिका रहेकोले सबै मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो।

शैक्षिक सुधारका लागि नगरपालिका कुनै कमिकम्जोरी हुन नदिने प्रमुख अर्यालले प्रतिबद्धता व्यक्त गर्नु भयो।

३ दिन सम्म चल्ने उक्त उत्प्रेरणा सम्बन्धि तालिममा प्रशिक्षक विके शर्मा प्रशिक्षण गर्नु हुने व्यवस्थापन समितिका सदस्य रामजी पराजुलीले जानकारी दिनुभयो।

सुनवलका ८ सेवा क्षेत्रका सामुदायिक विद्यालयका विव्यस,शिअसंघका अध्यक्षहरु र प्राचार्य गरि  विधालयबाट २१ जना उपस्थित हुनेगरि कार्यक्रम आयोजना गरिएको हो।

 

पहिलो दिन सुनवलका ८ मावी विधालयका समितिका अध्यक्ष,अभिभावक शिक्षक शिक्षक समिति अध्यक्ष,विधालयक प्रअ एवं शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो।
दोस्रो दिन महाकवी देवकोटाका विधार्थी,अभिभावक र त्यसैगरी तेस्रो दिन महाकविकै शिक्षकहरु प्रशिक्षित हुने विधालयले जनाएको छ।

विधालयका शिक्षक रमेशकुमार भुसालको स्वागत सगै सुरु भएको कार्यक्रम संचालन प्राचार्य खेमलाल जोशी शर्माले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?