ट्रेन्डीङ्ग

अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट नवलपरासीका दिपकलाइ नगरको सम्मान

परासी।सन २०२४ मा श्रीलङ्कामा आयोजना हुने अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि पश्चिम नवलपरासीबाट दिपक डुम्रे छनौट भएका छन।नेपाली टिमबाट सहभागी भई श्रीलङ्कामा उनले आफ्नो खेल प्रस्तुत गर्ने छन।

 

 

बर्दघाट नगरपालिकाले उनलाई आज प्रमाणपत्र सहित सम्मान गरेको छ। नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरको मात्र नभै समग्र जिल्ला र देशकै नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनका निम्ति सफलताको शुभकामना व्यक्त गर्नुभयो।नगरले खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेर अघि बढिरहेको सन्दर्भमा दक्ष खेलाडी उत्पादनका निम्ति नगरका तर्फबाट भरपुर सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

 

 

हाल नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल समेत नवलपरासी निवासी नै हुन।पश्चिम नवलपरासीबाट पछिल्लो समय खेलकुदका विभिन्न विद्यामा नयाँ खेलाडीहरू राष्ट्रिय टिममा पर्न सफल भएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal