ट्रेन्डीङ्ग

सुनवल नगर स्थापना दिवसको कार्यक्रम कांग्रेस र माओवादिका जनप्रतिनिधिद्वारा बहिष्कार

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको छैटौ स्थापना दिवसको कार्यक्रम नेपाली काग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधी र पार्टी प्रतिनिधीले बहिष्कार गरेका छन।

स्थापना दिवसको कार्यक्रममा आफ्नो क्षेत्रका प्रदेश र संघका जनप्रतिनिधीलाई प्रमुख अतिथी बनाएर दिवस मनाउने भनेपनि नगर प्रमुख विमला अर्यालले आफ्नो मनोमानी गरेको भन्दै कार्यक्रम बहिष्कार गरेको वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङ्गले बताए ।

‘नगरलाई सबैको साझा बनाउने हाम्रो प्रयास थियो ,तर,नगर प्रमुखले पार्टीकरण गरेर जनप्रतिनिधीको मर्यादाको पनि सम्मान गरीएन्।’उनले भने,‘माओवादीका १ जना र नेपाली काग्रेसका ५ वडा अध्यक्ष सहित निर्वाचित जनप्रतिनिधी सहभागी भएनौ।’

यसअघि उपप्रमुख सुर्य दुबेको अध्यक्षतामा कार्यक्रम गरेर प्रदेशसभा सदस्य खडग बस्नेतको प्रमुख आथित्यतामा कार्यक्रम गर्ने तयारी गरीएको भएपनि नगर प्रमुख विमला अर्याल एकाएक काठमाण्डौबाट आएर प्रमुख आथित्यता बिनानै कार्यक्रम गरीएको र राजनितिक दललाई उपेक्षा गरीएकोमा विरोध जनाएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मोहन कार्कीले बताए।

काग्रेस र माओवादीका जनप्रतिनिधी र पार्टी प्रतिनिधीले वहिष्कार गरेपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिले मात्र स्थापना दिवस मनाएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?