ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा नवलपरासीमा सहिद परिवारलाई सम्मान

परासी।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीले सहिद परिवारलाई नगद सहित फलफूल वितरण गरेको छ।पश्चिम नवलपरासीको बर्दघाट-१० भुतहामा सहिद परिवार देवलाल खनालको अध्यक्षमा एवं नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी जिल्ला इन्चार्ज कमल सिको प्रमुख आथित्यतामा सम्मान गरेको हो।

 

 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी इन्चार्ज कमल सिले सहिदका परिवारलाई सार्वजनिक विदा नभई राज्यले शिक्षा स्वास्थ्य र रोजगारको व्यवस्था गर्नुपर्ने बताएका छन्। राज्यले सहिद र सहिद परिवारको वेवास्ता गरेको आरोप लगाए पार्टीले सहिद परिवारलाई आर्थिक नैतिक भौतिक सहयोग गर्दै आएकोले सहिद सपना पुरा गर्न प्रतिबद्धता व्यक्त गरे।

 

प्रचण्डले सहिद परिवारको समस्या समाधान गर्नुको सट्टा उनकै नाममा आर्थिक चलखेल गरेको भन्दै उद्देश्य एका तिर राखी काम अर्को तिर लागेर पार्टी र आन्दोलन सकाए आरोप लगाए।उनले राष्ट्रिय सम्पत्तिको संरक्षणको नाममा उधोग बन्द गराएरन युवालाई वैदेशिक रोजगारमा जान बाध्य पारेकोले एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाज स्थापनाका लागि बिचार मिल्ने पार्टी र समूह सग सहकार्य सहित एकता सहित अगाडी बढ्ने प्रतिबद्दता व्यक्त गरे।

 

 

त्यसैगरि विशेष अतिथि एव क्रान्तिकारी माओवादी नवलपरासी जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले संसदीय व्यवस्था नमान्ने क्रान्तिकारी पार्टीहरु फुटेर होइन एक भएर आन्दोलनलाई अगाडि बढाउनु पर्ने बताए।सहिद परिवारको सपना पूरा गर्ने बिभाजित सम्पुर्ण एक भएर संसदीय व्यवस्था विरुद्ध लड्न जरुरी भएको र राष्ट्रको बिकासका लागि अगाडि बढ्न थापाले आग्रह गरे।

 

कार्यक्रममा जिल्ला सेक्रेटरी प्रताप,पार्टीका जिल्ला सल्लाहकार ओमसहित जिल्ला तहका नेताको उपस्थित रहेको थियो कार्यक्रमको संचालन बर्दघाट नगर सेक्रेटरी गणेशले गर्नु भएको पार्टीका जिल्ला सदस्य रामपितृले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal