ट्रेन्डीङ्ग

प्रतापपुर गाउपालिकाको प्रशासनिक भवनको शिलान्यास

परासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको नया बन्ने प्रशासनिक भवनको शिलान्यास गरिएको छ।

 

 

 

 

 

एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष उमेश यादवले भवनको शिलान्यास गर्नु भएको हो।

भवन  कुल १४ करोड ६८ लाख ४९ हजार १९९ रुपैयाँ लागतमा लोटस-देउतिबज्यै/डि.सि.ब्युल्डर्स जेभी कोटेश्वरले निर्माणको जिम्मा लिएको छ। २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने पालिकाले बताएको छ।

 

 

भाडामा कार्यालय सन्चालन गर्दै आईरहेको गाउपालिकाले मासिक ७५ हजार भाडा तिर्दै आईरहेको छ।भाडामा कार्यालय संचालन हुदा बार्षिक लाखौ भाडा तिर्नुपर्ने बाध्यता रहेकाले नया भवन निर्माण गर्न लागिएको गाउपालिकाका अध्यक्ष उमेश यादवले बताए।

अध्यक्ष यादवले सबै जनप्रतिनिधिलाई  दलगत स्वार्थ भन्दा माथि उठेर बिकासका कामलाइ प्रथामिकता साथ अगाडी बढ्न आग्रह  गरेका थिए। 

आफ्नै भवन नहुदा दैनिक कामकाजमा समेत सेवाग्राहीलाई असहज भएको अध्यक्ष यादवको भनाई छ।पुरानो जिर्ण स्वास्थ्यचौकी भवनलाई भत्काएर झन्डै ९ कट्ठा माथिको क्षेत्रफल रहेको उक्त जग्गामा भवन बन्ने छ।

त्यसैगरि आजै त्रिभुवन माविको व्यावसायिक सटरको पनि शीलान्यस गरिएको छ। २४ वटा सटर बनाउने उद्देश्य सहित हाल ६ वटा सटर सहितको भवन लागि पालिकाबाट २५ लाख र बिधालयबाट १० लाख गरि ३५ लाख बराबरको बजेटमा निर्माण गर्न लागिएको  पूर्वाधार बिकास तथा वातावरण व्यवस्थापन साखा प्रमुख इन्जीनियर आनन्द यादवले जानकारी दिए।

 

पालिकाले आजै होलि मिलन कार्यक्रम समेत गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal