ट्रेन्डीङ्ग

महाकवि देवकोटा नमुना माविमा ३ महिने किशोरी आत्मरक्षा तालीम सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल ४ स्थित महाकबी देबकोटा नमुना मा.बि मा ३ महिने बिधालयका किशोरी आत्मरक्षा तालीम सुरु भएको छ।

 

 

 

 

सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देही आयोजनामा सुनवल नगरपालिका भित्रका ६ बिधालयका ५/५ जना किशोरी हरुको सहभागीता रहको छ।

 

 

 

महाकबी देबकोटा नमुना मा.बिका खेल शिक्षक नरायण गुरुङले प्रशिक्षण दिने आत्मरक्षा तालिममा महाकबी देबकोटा नमुना मा.बि.लुम्बिनी मा.बि,जनसेवा मा.बि, रमवापुर मा.बि,सुनवल मा.बि र प्रगति मा.का छात्राहरुको सहभागीता रहेको छ।

 

 

तालिमको उदघाट्नमा बोल्दै प्रमुख अतिथी सुनवल नगरपालिका का नगर प्रमुख बिमला अर्यालले बिधालयका किशोरीहरुको लागि आत्मरक्षा तालिमको लागि सुनवल नगरपालागीलाई छनोट गरेकोमा सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीलाई धन्यवाद दिदै किशोरहरुलाई आफुले सिकेको ज्ञान समाजमा अरुलाई पनि सिकाउन सक्ने गरि तालीममा सहभागी हुन जोड दिनुभयो।

 

सामाजिक बिकास डिभिजन कार्यलयका प्रमुख दिवाकर भन्डारिको अध्यक्षता भएको तालीमको उद्घाटनमा सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख बिण्णु गोतामे,महाकबी देबकोटा नमुना मा. बिका अध्यक्ष ज्ञान हरि अर्याल,प्र अ खेमलाल जोशी शर्मा लगायतको उपस्तिथि रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?