ट्रेन्डीङ्ग

गल्याङका ग्रामिण सडक धुलाम्मे,यात्रुलाई सास्ती

स्याङ्जा।स्याङजाको गल्याङ नगपालिका भित्रका ग्रामीण मोटर बाटो धुलाम्मे हुदा यात्रुहरुलाई सास्ती बेर्होनु परेको छन् ।

गल्याङबाट छुट्ने ग्रामीण मोटरबाटो धुलाम्मे हुँदा त्यस आसपासका स्थानियबासी लगायत बाटो हिड्ने पैदल यात्रुहरुले सास्ती भोग्दै आउन बाध्य भएका छन् ।

अत्यधिक व्यस्त मानिने गल्याङ चापाकोट,पेलाकोट,पिडिखोला,निवुवाखर्क, तिन्दोबाटेका ग्रामीण बाटो धुलाम्मे हुदा स्थानीयबासीहरुले दैनिक रुपमा सास्ती भौग्दै आएका छन् ।

यस्तै ग्रामीण मोटरमा स्थानियबासीलाई समेत आवजावत गर्न निकै समस्या भएको उनीहरुको गुनासो छ ।

यस्तै गाडीमा यात्रा गर्दा पनि पुरै धुलाम्मे हुने यात्रुहरु बताउँछन।बाटो धुलाम्मे हुदा सवारी चालकलाई दैनिक रुपमा यात्रा गर्दा समस्या हुने र पानी आउदा सोही बाटो हिलाम्मे हुने उनीहरु बताउँछन।

बाटोको समस्याले गर्दा आफ्नो स्वास्थ्यमा समेत असरको गरेको चालकहरुको गुनासो छ।प्रत्येक दिन धुलो खादै सवारी चलाउन बाध्य भएको र बाटोको हालत पनि उस्तै हुदा जोखिमपुर्ण यात्रा गर्नुपरेको चालकहरु बताउँछन।

अत्यधिक व्यस्त मानिने सडकहरुलाई पहिचान गरि नगरभित्रका बाटोलाई मर्मत गर्नुपर्ने चालकहरुको माग छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal