ट्रेन्डीङ्ग

टेन्डर नखुलाई तुरिया खोला उत्खननको जिम्मा चिनिया कम्पनीलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको तुरिया खोला उत्खनन टेन्डर नखुलाई चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ।बिरोधका बाबजुद प्रक्रिया पूरा नगरी सुनवल नपाको १२औं नगर सभाले तुरिया खोला उत्खननको जिम्मा चिनियाँ कम्पनीलाई दिएको हो।

सुनवल नगरपालिकाको १२ औं नगर सभामा नगर प्रमुख विमला अर्यालले पेस गर्नु भएको तुरिया खोलाको टेन्डर सम्बन्धी विशेष प्रस्ताव विरोधका बीच पारित भएको हो।

तुरिया खोलामा नदिजन्य पदार्थ उत्खननका लागि टेण्डर प्रक्रिया नगराई सोझै वुटवल नारायणघाट सडक निर्माणको जिम्मा पाएको चिनिया कम्पनीलाई दिने विषय प्रति उपप्रमुख सूर्य दुवेले सहित सुनवल वडा नं ११ का वडा अध्यक्ष कमल प्रसाद बुवाई, १२ का चूरामनी पौडेल,२ का राजेन्द्र यादव र ७ का वडाअध्यक्ष नारायन प्रसाद आचार्यले विरोध जनाएका थिए।

नगरसभामा नगर प्रमुख विमला अर्यालले नदिजन्य पदार्थ नगरपालिकाको आन्तरीक आयस्रोतको प्रमुख स्रोतको रुपमा रहेकाले बैज्ञानीक व्यवस्थापन गर्ने गरी चिनिया कम्पनीलाई दिन लागिएको बताइन। अर्यालले चिनिया कम्पनीले आफुहरुले तोकेको मुल्यमा ठेक्का लिन सहमति व्यक्त गरेकाले निणर्यका लागि नगरसभामा पेश गरेको भनिन्।

सो क्रममा जनप्रतिनिधिहरुले पूर्व कार्यपालिका बैठकमा छलफल नभई एक्कासी नगरसभामा यस विषय निणयका लागि पेश गरिएकाले असन्तुष्टि जनाएका थिए।

यद्धपि १२ औं नगरसभाले २ वटा नया विधेयक र अन्य २ वटा विशेष संशोधन गर्दै बहुमतले पारित गरेको छ।

नगरसभामा सामाजिक विकास समिती संयोजक भगवती बस्यालले पेश गरेको स्वास्थ्य विधेयक २०७९,खानेपानी तथा सरसफाई सम्बन्धी ऐन २०७७ प्रथम संशोधन विधेयक आर्थिक बिकास समितीका संयोजक देव गुरुङ्गले पेश गरेको सहकारी ऐन, २०७५ को प्रथम संशोधन विधेयक र भू-उपयोग योजना, २०७९ विधेयक पनि बहुमतले पारित भएको छ ।

त्यस्तै नगरसभाले लेखा समितीका सदस्य सचिव राजेन्द्रप्रसाद सापकोटाले प्रस्तुत गरेको लेखा समितीको प्रतिवेदन पनि बहुमतले पारित गरेको छ।

नगरसभामा नगरप्रमुख बिमला अर्यालले प्रस्तुत गरेको पाँच बर्षे योजना तथा लक्ष्य समेत नगरसभामा बहुमतले पारित भएको थियो।

नगर सभामा नगर उपप्रमुख सुर्य प्रसाद दुवैले चालु आवमा नगरको कुल बजेट १ अर्ब १८ करोड १८ लाख ६३ हजार ७०२ रहेकोमा नगरपालिकामा हालसम्म चालु तर्फ २१ करोड ८४ लाख ९३ हजार अर्थात् ४१ प्रतिशत र पूजीगत तर्फ २२ करोड ६ लाख १३ हजार रुपैया अर्थात् ३३ प्रतिशत बजेट खर्च भएको जानकारी दिए।

सुनवल नगरपालिकाले हालसम्म ७४ वटा कानून निर्मााण गरेको र यस आर्थिक वर्षमा १६ वटा कानून निर्माण गरी कार्यन्वयन रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरामिनीले बताए।

सभामा सुनवल नगरपालिकामा हाल २४ करोड ३१ लाख ७० हजार ९८५ वेरुजु रहेको जानकारी गराइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal