ट्रेन्डीङ्ग

एमालेका युवा नेता गुरुङ माओवादी केन्द्रमा फर्किने संकेत

स्याङ्जा।स्याङ्जामा जिल्ला तहका युवा नेताले एमाले भित्र मौलाएको गुटगत र नेता पुजन प्रवृति बढेको भन्दै एमाले छाडेर माओवादी फर्किने संकेत गरेका छन्।

नेकपा(एमाले)स्याङ्जाका युवा नेता मोहन गुरुङ माओवादी केन्द्रले सम्मान जनक रूपमा व्यवस्थापन गरे एमालेका जिल्ला तहका नेता कार्यकर्ता सहित माओवादी केन्द्रमा फर्किने सङ्केत गरेका हुन।


हामीसगंको सक्षिंप्त कुराकानीमा नेता गुरुङले नेकपा एमाले पार्टीको नीति कार्यक्रम ठिक भए पनि नेतृत्व ठिक नभएको आरोप लगाएका छन। उनले पार्टी भित्र गुटगत राजनिति मौलाएको, नेताको चाकडि र पुजारी बन्नु पर्ने तर आफुहरु त्यो गर्न नसक्दा दिन प्रतिदिन अपहेलित बन्न परेको बताएका छन् ।


नेता गुरुङ भन्छन् “हामी दुई पार्टी बिचको एकता पछिको सर्वोच्च अदालतले दुई पार्टीमा बिभाजित गर्दा हामी एकतालाई सुत्रपात गर्दै निरन्तरता लागियो। एकताबाट आएका टिमको ब्यावस्थापनको लागि १०% कोटाको कुरा गरेपनि हालसम्म कुनै पनि पार्टी सङ्गठनमा १०% कोटा सुनिस्चितता गर्न सकेको छैन। मात्र देखाउने ललिपप मात्र रहेको छ ।”


“नेकपा एमाले पार्टीका नेता कार्यकर्ताहरु पनि उल्लेखनीय मात्रामा जिल्ला, प्रदेश र केन्द्रका नेतृत्वसगं असतुष्टि रहेको हुनाले सहि व्यवस्थापन गर्न सके उनिहरु पनि माओवादीमा जोडिने छन्” उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal