ट्रेन्डीङ्ग

गण्डक नहरमा हाम फालि २ छोरा सहित आमा बेपत्ता

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता स्थिति गण्डक नहरमा हाम फाली ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

वेपत्ता हुनेमा सुस्ता २ महलबारी बस्ने तिर्थराम थारुको श्रीमती प्रतिमा थारुले आफ्ना दुई छोरा क्रिश थारु र सुमित थारुलाई समेत साथमा लिई पानीमा हाम फालि बेपत्ता भएको पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए।

स्थानिय र प्रहरीको सक्रियतामा खोजतलास कार्य भईरहेको हालसम्म फेला नपरेको बताए।महिलाको के कति कारणले दुईजना बालक सहित नदीमा हाम फालेको भन्ने कुरा हालसम्म नखुलेको र
अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
श्रीमान रोजगारीको शिलशिलामा भारत रहेको घरमा सासु रहेको बस्दै आएकि थिएन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?