![](https://safalpost.com/wp-content/uploads/2023/02/received_754223716211052.jpeg)
सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुह सुनवल ७ ज्यामिरे पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
उपभोक्ता समुहका अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा सुनवल वडा नं ७ का वडाध्यक्ष नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले सामुदायिक वनमा धेरै किसिमका जडिबुटी रहेकाले त्यसको समुचित निकासी गर्नुपर्ने बताउनुभयो।
आचार्यले सामुदायिक वनको संरक्षणका लागि समुदायनै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
विगतमा वन समूहले गरेका गतिविधि र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गुरुङले वन समुहले ४८३ हेक्टर क्षेत्र ओगटेको र सामुदायिक वनमा ११ सय ७८ जना घरधुरी आवद्ध रहेको जानकारी दिनुभयो।
सो अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव पवित्रा पौडेलले आव २०७८-७९ मा ३१ लाख १६ हजारको कारोवार भएको बताउनुभयो।यस्तै कोषाध्यक्ष रामसिंह पासीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
उपभोक्ता समुहका उपाध्यक्ष ओमप्रकाश चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रममा जनज्योति प्राविकी प्रधानाध्यापक राधिका अर्याल,पुर्व जनप्रतिनिधि नमनारायण कवर,ज्यामिरे टोलविकास संस्थाका अध्यक्ष कन्हैया प्रसाद चौधरी,नेपाल समाजवादी पार्टीकी केन्द्रिय सदस्य सुनिता काफ्ले,राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य देवी घिमिरे,पुर्व गाविस अध्यक्ष थानप्रसाद गैरे,सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कमल परियार लगायतले आ-आफ्नो भनाई राख्नुभएको थियो।