ट्रेन्डीङ्ग

सुनवलका महेश(मिसन)अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिन बंगलादेश प्रस्तान

सुनवल।फागुन ४ देखी ७ सम्म बंगलादेशमा संचालन हुने अन्तराष्ट्रीय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलवाट महेश पंगेनी (मिसन)आज बंगलादेश तर्फ प्रस्तान गरेका छन।

१४ वर्षीय पंगेनीलाई आज सुनवल नगरका कार्यबहाक नगर प्रमुख सूर्य दुबेले दोसल्ला ओडाएर सम्मान सहित बिदाई गर्नु भएको थियो।

 

सो अवसरमा कार्यबहाक नगर प्रमुख दुबेले सुनवल नगरको नाम विश्वमा राख्न सफलहुनु भन्दै शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।

छोटो अवधिमा जिल्ला र राष्ट्रिय बिजेता हुदै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न बंगलादेश जाने सम्मको क्षमता कमै ब्यक्तिहरुमा रहने भन्दै आफ्नो विद्यार्थीले यसप्रकारको जिल्लाकै ऐतिहासिक रेकड राख्न सफल भएको बताउदै अन्तराष्ट्रीय स्तरमा समेत कुनै न कुनै स्थान प्रास्त गर्नेमा आफु विश्वस्त रहेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भएको छ।

राष्ट्रिय प्रतियोगितामा समेत टप २० मा पर्न सफल पंगेनी सुनवल युनाईटेड सेकेण्डरी स्कुल,सुनवलको कक्षा ९ मा अध्ययनरत रहेका छन।

अंग्रेजी भाषामा अक्षरहरु मिलाएर नया शब्दहरु छिटो निर्माण गरि आफ्नो क्षमता बृद्वि गर्ने उद्देश्यले खेलाईने यो अंग्रेजी स्क्राबल प्रतियोगितामा मिसनको निक्कै क्षमता रहेको छ।


हाल सुनवल युनाइटेड सेकेण्डरी स्कुलका ४० जना विद्यार्थीहरुले अहिले स्क्राबल प्रतियोगिता को तालिम प्राप्त गरी अन्य विद्यार्थीहरुलाई समेत उक्त कार्यव्रmममा नियमित रुपमा प्रशिक्षण दिदै आइरहेका छन।

१५/१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ।यो खेलमा एक पटकमा २ देखि ४ जनासम्मले खेल्न सकिने हुन्छ भने यो खेल अमेरीकावाट शुरु भएको मानिन्छ।

स्क्राबल खेलले प्रतिस्पधीबीच भाषा बिकास,सञ्चारको सिप,सहकार्य,नयां शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पुर्‍याउने गर्दछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?