ट्रेन्डीङ्ग

शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा

सुनवल।नेपाल शिक्षक संघ नगर समिति सुनवलको अध्यक्षमा खेमलाल शर्मा निर्वाचित हुनुभएको छ।

शुक्रवार सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि अध्यक्षमा शर्मा सहित १७ सदस्यिय समिति चयन गरेको हो।

नवगठित समितिको महिला उपाध्यक्षमा सरिता थपलिया,उपाध्यक्षमा हरिकुमार ढकाल,सचिवमा ऋषि पोखरेल,अर्थ सचिवमा ठाकुर प्रसाद खनाल,महिला सहसचिवमा हिमादेवी न्यौपाने,सहसचिवमा शंकरमणी पाण्डेय,सहसचिव समावेशीमा खेमबहादुर नेपाली,पुणर्िमा चौधरी,अर्थ सहसचिवमा चन्दा चौधरी निर्वाचित हुनुभएको शिक्षक संघ पश्चिम नवलपरासीकी उपाध्यक्ष एवं निर्वाचन संयोजक मनमाया गुरुङले जानकारी दिनुभएको छ।

यसैगरी सदस्यहरुमा क्रमशःहरिमाया अर्याल,शारदा पौडेल,जीवन पाण्डेय,योगश बस्याल,बुद्धिप्रसाद अधिकारी,टेकराज पाण्डे,कुशमाया ढकाल निर्वाचित हुनुभएको निर्वाचन संयोजक गुरुङले जानकारी दिनुभयो।

सोही अवसरमा वडा प्रतिनिधि पनि चयन गरिएको छ।वडा नं ३ मा तारादेवी क्षेत्री,वडा नं ५ मा मोतीलाल कहाँर, वडा नं ९ चन्द्रमाया चौधरी, वडा नं १२ मा डिल्लीराम पौडेल र वडा नं १३ मा मुरारी यादव चयन हुनुभएको निर्वाचन संयोजक गुरुङले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal