ट्रेन्डीङ्ग

चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्वर ८ को बिजयी सुरुवात

रमेश भुसाल सुनवल फागुन १४ । पश्चिम नवलपरासीको सुनवलमा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज वडा नम्वर ८ बिजयी भएको छ ।

वडा नम्वर ९ लाई ० को विरुद्ध २ गोल ले हराउदै बिजयी यात्रा शुरु गरेको हो । त्यस्तै हिजो भएको पहिलो खेलमा वडा नम्वर १० ले वडा नम्वर ७ लाई दुई गोलले हराएको थियो । भालि शनिवार वडा नम्वर १ र वडा नम्वर ११ विच प्रतिस्पर्धा हुने चौथो मेयरकप फुटवल प्रतियोगीता सहयोगी संस्था विग वुद्ध समितिका अध्यक्ष संजिब लामाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता आगामी २५ गते सम्म संचालन हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal