ट्रेन्डीङ्ग

सुनवल मेला:आठौ दिनमा आधुनिक गायिका एलिना चौहानको साथमा हजारौं दर्शकको उपस्थिति

सुनवल । सुनवलमा जारी दोस्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको आज आठौ दिन दर्सकको उत्साहजनक उपस्थीती रहेको थियो ।

मेलाको आठौ दिन आधुनिक तथा पप गायिका एलिना चौहान,लोक गायक विष्णु सिंजाली,लोकदोहोरी गायिका सम्झना रणपाल,बिधालय स्तरिय दोस्रो डान्स आइडल ,मम्मी डान्स ,डिजे,विभिन्न जातजाती हरुको मौलिक नृत्य प्रस्तुती, स्थानिय कलाकारहरु लगायतले प्रस्तुती दिएका थिए । भने कलाकारहरूको गायन सँगै उपस्थित दर्शकहरू सबै रमेका थिए ।

सुनवल उद्योग वाणिज्य संघको आयोजनामा गत माघ १० गतेदेखि मेला सोमनाथ हाडबजारको परिसरमा भइरहेको छ ।

भोलिको मुख्य आकर्षण पप तथा आधुनिक गायक उगे्रन डोङ,लोक दोहोरी दिपक दर्लामी, लोक दोहोरी गायिका रेणु राणा , र बिधालय स्तरिय दोस्रो डान्स आइडल , मम्मी डान्स , विभिन्न आदिबासी जनजातीहरुको मौलिक नृत्य प्रस्तुती हुनेछ । मेला परिसर भित्र उत्कृष्ट टिकटक बनाउने लाई प्रथम पुरस्कार रु ३ हजार र दोस्रो हुनेलाई रु २ हजार प्रदान गरिनेछ ।

मेलामा बाल उद्यान, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर ,औद्योगिक उत्पादनहरूको प्रदर्शनी सँगै कृषि र पर्यटनको सिकाइ प्रदर्शनीहरू रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?