ट्रेन्डीङ्ग

भुमहीमा महिला नेतृत्व बिकास तालिम एव मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुनवल।सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज महिला नेतृत्व बिकास तालिम एव  मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भुमहिमा सम्पन्न भएको छ। संस्थाको महिला शसक्तिकरण उपसमिती संयोजक उषा बन्जाडे अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्त्यतामा तालिम सम्पन्न भएको हो । तालिमको उदघाटन गर्दै नगरउपप्रमुख दुबेले अब हामीले समाजमा पैसा संकलन गर्ने,बचत गर्ने र ऋण लगानी गर्ने भन्दा पनि समाजमा रचनात्मक कामहरु ल्याउनुपर्ने बताउनु भएको छ। उहाले सहकारी मार्फत नगरपालिकाले सहकार्य गरेर महिलाहरुलाइ,अशक्त र बेरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने खालको क्रियाकलापमा सहभागी गराउनुपर्ने सोच राखेको बताउनु भएको छ । उपप्रमुख दुबेले सहकारी र नगरपालिकाको साझेदारीमा वजेट छुटयाएर उद्यमशील उत्पादनमा लाग्ने महिला वा पुरुष बिशेष गरी महिला,अपांगता  भएका ब्यक्तिलाई बिशेष ग्रहायताका  साथ उत्पादनमा लाग्ने अशक्त,अपांग महिलाहरुलाई बिशेष अनुदानमा ऋण प्रदान गरी उत्पादनमुलक कार्यमा जोडने उदेश्यले आफुले निती तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । उहाले नगरपालिकाले प्रत्येक सहकारीलाई नगरपालिकाको आर्थिक क्षमता अनुसार सहकारीमा लगानी गर्ने र बिनियोजन गरीएको बजेट सहकारीमा महिला उत्पादन संग जोडेर उत्पादनमुखी र रोजगार सिर्जना गर्नु पर्ने बताउनु भयो ।

यस्तै गरी संस्थाको २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज आर्थिक विकासमा सहकारीताको भूमिका विषयक माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।  ११ वटा माध्यामिक बिद्यालयको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी माबिकी अपेक्षा ढकाल प्रथम,रमवापुर माबिकी स्मृति सापकोटा द्धितिय र जनसेवा माबिकी निशा गौतम तृतीय भएकी छन । यस्तै गरी प्रतियोगितामा साकुरा मेमोरियलकी इच्छा पाठक र रामनगर एकेडेमीकी आयुषा खरेल सान्त्वना स्थान हासिल गरेका छन।

वक्तृत्वकला प्रतियोगितामा नेत्रलाल न्यौपाने , आनन्दराज अधिकारी र चिन्तामणी तिवारीले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो।प्रतियोगितामा ११ माध्यामिक विद्यालयको सहभागिता रहेको थियो। संस्थाको अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष चुरामणी पौडेलको प्रमुख आतिथ्यतामा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । भने कार्यक्रमको संचालन भेषराज न्यौपानले गर्नु भएको थियो ।
यहि माघ १८ गते हुने उदघाटन , सम्मान , पुरस्कार तथा सास्कृतिक कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष स्व. नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगदान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal