ट्रेन्डीङ्ग

सुनवलको किर्तिपुरमा कभर्डहलको शिलान्यास

सुनवल। पश्चिम नवलपरासीको सुनवल नपा -३ क्रितिपुरमा कभर्डहलकाे शिलान्यास गरिएको छ ।कराते,तेक्वान्दो,भलिबल र टीटी लगायतका खेल खेल्न मिल्ने कभर्डहलको सुनवल नगर उपप्रखुमा सुर्य दुवेले शिलान्यास गर्नुभएको हो।
प्रमुख अतिथी दुवेले आफू कुरा भन्दा काममा बिश्वास गर्ने,कवार्ड हल नगरको गौरवको आयोजन भएकोले बजेट अभाव हुन नदिनका लागि आगमी नगर सभाबाट अपुग रकम बजेट थप गर्नु का साथै प्रदेश र संघिय सरकारमा पहल गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो।उपप्रमुख दुवेले खेलकुदबाट समाजलाई स्वस्थ र अनुसाशित बनाउनका लागि प्राथमिकता साथ अगाडि बढेको बताउनु भयो ।

त्यस्तै वडा नं. ३ काअध्यक्ष प्रविन गुरुङले वडालाई नमुना वडा बनाउदै लैजानु बताउनु भयो।कभर्ड हल निर्माण रंगशाला उपभोक्ता समितिका अध्यक्ष कुल प्रसाद भट्टराई भएको कार्यक्रमा भुमिकला न्यौपानेको स्वागत र सस्थाकी सचिव कमला रानाले कार्यक्रमको संचालन गर्नु भएको थियो।
कार्यक्रममा वडा ८ का अध्यक्ष देव बहादुर गुरुङ लगायत कार्यपालिका सदस्य जुठि माया पुन, कार्यपालिका सदस्य बिनोद टोमटा खाती, वडा ३ सदस्य लक्ष्मी परियार,निर्वतमान वडा अध्यक्ष कर्ण बहादुर सेन लगायत जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष शुभचिन्तक लगायतको उपस्थिति रहेकाे थियाे।

कभर्ड हल निर्माणका लागि नगरपालिकाले ६० लाख रुपैयाँ उपलब्ध गराएको छ । कुल प्रसाद भट्टराई अध्यक्षतामा कर्वड हल रगशाला निर्माण उपभोक्ता समिति गठन गरेर कवर्ड हल निर्माण सुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?