ट्रेन्डीङ्ग

नवलपरासीबाट ४ लाख ९ हजार मुल्य बरावरका अवैध सामान बरामद

परासी।आज एकै दिन पश्चिम नवलपरासीको विभिन्न स्थानबाट ४ लाख ९ हजार मुल्य बरावरका अवैध सामान प्रहरीले बरामद गरेको छ।

जिल्लाको सुनवल ७ ज्यामिरेबाट प्रहरीले १ लाख ७५ हजार बरावरको खसि भेडा नियन्त्रणमा लिएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत ज्यामिरेमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको बसलाई चेकजाच गर्ने क्रममा १ लाख मुल्य बरावरका ५ वटा खसि र ७५ हजार मुल्य वरावरका ५ वटा भेडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

यस्तै प्रहरीले जिल्लाकै बर्दघाटको चिसापानी चोक र टिसियन चोकबाट भन्सार छली ल्याएको अवस्थामा २ लाख २५ हजार मुल्य वरावरको सामान सहित २ वटा भारतिय नं को मोटरसाईकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार ३० हजार मुल्य वरावरका ३ सय केजी लसुन, १ लाख ५५ हजार मुल्य वरावरका ७७५ पिस लेडिज सल र २५/२५ हजार मुल्य वरावरका युपी ५६ एम ३२८९ नं र युपी ५६ एएच ९०३७ नं को भारतिय मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक एव्ं सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो।

यस्तै प्रहरीले ९ हजार मुल्य वरावरका ६ वोरा अवैध गहु समेत फेला पारेको उहाले बताउनुभयो।सुचना अधिकारी पाण्डेका अनुसार नियन्त्रणमा लिइएका अवैध सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal