ट्रेन्डीङ्ग

सुनवलको मेलामा पशुपतिको प्रस्तुतिमा दर्शक रमाए,भोलि सोमबार ज्योति मगर आउने

सुनवल । नवलपरासीको सुनवलमा सुनवल उधोग बाणिज्य संघद्रारा आयोजित दोश्रो सुनवल औद्योगिक व्यापार मेलामा आज चर्चित लोक दोहोरी गायक पशुपति शर्मा प्रस्तुतिमा दर्शक रमाएका भएको छन ।मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज आइतबार चर्चित कलाकार पशुपति शर्मा,डोलराज न्यौपाने,बेली डान्सर बन्दना विश्वकर्मा,गायिका संगीता चितौरे हास्यकलाकार सुमित कुमार घिमिरेको प्रस्तुति रहेको सास्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिए ।

त्यसै गरी भोलि माघ १६ गते चर्चित लोकगायिका ज्योति मगर,विक्रम बाबु,आधुनिक गायक रवी रिमाल सहित बेली डान्सर बन्दना विश्वकर्मा प्रस्तुति रहने  र मेला अवधिभर  नयाँ चर्चित र लोकप्रिय कलालकारहरुको प्रस्तुति रहने पराजुलीले बताए।गत माघ १० संचालित दोस्रो सुनवल ब्यापार मेलामा माघ २२  गते सम्म चल्ने छ ।

महोत्सवमा कृषि जन्य उत्पादनका स्टल, महिला लघुउद्यमी र घरेलु उद्योगका उत्पादन सहितका बाल उद्ययन संगै टिकटक जोन विभिन्न जात जातीका परम्परगत घरले  मेलालाइ थप आकर्षक बनाएको छ ।

ब्यापार मेलामा एक सय पचास बढी स्टल रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?