ट्रेन्डीङ्ग

सुनवल औधोगिक व्यापार मेला-२०७९ आजदेखी सुरु

सुनवल।कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ।

उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो।

व्यापार मेलाको आज भव्य समारोहका विच कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले उद्घाटन गर्नुभएको छ।

मेलाको समुद्घाटन गर्दै मन्त्री प्रधानले अहिलेको सरकार जनातालाई कसरी खुसी राख्ने भन्ने सोचका साथ अगाडी बढेको बताउनुभयो।

उहाले यस क्षेत्रको समग्र विकासका निम्ति अन्य मन्त्रालयसंग समेत छलफल परामर्श गरीरहेको बताउनुभयो।अहिले उद्योगी व्यवसायीहरु समेत धरासयी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि क्याविनेटमा छलफल भईरहेको मन्त्री प्रधानले बताउनुभयो।

कार्यक्रममा प्रदेश सभा सदस्य खडक बस्नेतले यस क्षेत्रको हरेक विकासमा आफ्नो सहयोग रहने बताउनुभयो ।

उहाले यस क्षेत्रको भौतिक,समाजिक,शैक्षिक लगायत समग्र विकासमा आफु निरन्तर लागिरहने बताउनुभयो।

यस्तै सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखी सुनवल वासी बनाउन नगर लागि रहेको बताउनुभयो । कार्यक्रममा निवर्तमान नगरप्रमुख भिमबहादुर थापाले सुनवलको समग्र विकासलाई जोड दिदै औधोगिक ग्रामलाई अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी,उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा,उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल कसजु, लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो।

यस क्षेत्रका उद्योगी,व्यापार व्यवसाय,कृषिको प्रवद्र्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरीएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो।

आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्यका गरी १५० स्टल रहेका संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिनुभयो । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र मेलाबाट करिव १० करोड वरावरको कारोबार गर्ने लक्ष्य राखिएको उहाले बताउनुभयो।

मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था,विद्यार्थिलाई ७० र अन्यलाई १०० रुपैया टिकटको व्यवस्था गरीएको संघका महासचिव एव प्रचार प्रसार समिति संयोजक तथा मेला प्रवक्ता तेजु भण्डारीले जानकारी दिनुभयो।

मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, संस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी मुख्य चार भागमा बिभाजन गरिएको छ।

मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकारहरुको समेत बिजोड प्रस्तुती रहने संघका सदस्य एवं सांस्कृतिक संयोजक रमेश पराजुलीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal