ट्रेन्डीङ्ग

नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, ५ जना घाइते

नवलपरासी।पश्चिम नवलपरासीको सुनवल न.पा-१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं. को बस र विपरित दिशाबाट जादै गरेको बा ०१-०२५ च ३८९७ नं. को कार एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा कार चालक अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुको वाणगंगा न.पा. ८ मधुवन बस्दै आएका अन्दाजी ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका पौडेलको जिल्ला अस्पताल परासीमा १३:५५ बजे मृत्यु भएको हो ।उनको शव सोही अस्पतालमा राखिएको छ ।

यस्तै घाइते हुनेहरूमा कारमा सवार कपिलवस्तुको वाणगंगा न.पा. ८ मधुवन निवासी अन्दाजी ३१ वर्षीय पुर्ण बहादुर राना र २८ वर्षीय मनोज कुमार परियार,नवलपरासी (पुर्व) बुलिङटार गा.पा.का अन्दाजी २८ वर्षीय गंगा गोदामी, कावासोती न.पा. देउराली बस्ने अन्दाजी १८ का डल बहादुर बराल र अर्घाखाँचीको सितगंगा न.पा. ६ स्थायी घर भई हाल रुपन्देहीको सालझण्डी बस्ने अन्दाजी ३८ वर्षको खेम बहादुर रेश्मी मगर रहेका छन् ।

डल बहादुर बरालको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।

दुर्घटना भएको खबर प्राप्त हुनासाथ उद्धारका लागि अस्थायी प्रहरी बिट भुमहीबाट प्रहरी सहायक निरीक्षक ईन्द्रजित अहिर यादवको टोली, ईलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा ट्राफिक सहित २३ जनाको टोली खटिएको थियो ।

प्रहरीले कारमा सवार घाईतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पतालमा पठाईएको थियो । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुबै सवारी साधन नियन्त्रणमा लिई चालकको खोजीकार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?