परासी।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीले माघी महोत्सवको उद्घाटन गर्नुभएको छ।
चौधरीले आइतबार मकरसन्क्रान्तिको अवसरमा नवलपरासीको चौपत्तामा आयोजित माघी महोत्सवको उद्घाटन गर्नुभएको हो।
महोत्सवमा थारु समुदायको संस्कृति झल्कने सान्स्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खानेकुराको स्टल राखिएको थियो।
सान्सद चौधरीले माघी थारु समुदायको मात्रै नभएर नेपाली संस्कृति झल्काउने विशेष पर्व भएको बताउनुभयो उहाँले माघी महोत्सवलाई अन्तरास्ट्रिय तहमा फैलाउन आफूले पनि भुमिका खेल्ने बताउनुभयो।आजै उहाँ मगर समुदायले आयोजना गरेको माघी कार्यक्रममा सहभागी हुनुभयो।
बर्दघाट नगरपालिका १४ को धर्मवस्तीमा आयोजना भएको सास्कृतिक कार्यक्रममा सहभागी हुनुभयो ।
मगर समुदायले बिशेष महत्वका साथ माघी पर्व मनाउने गरेको छ।कार्यक्रममा चौधरी फाउन्डेसनका सचिव सारिका चौधरी पनि सहभागी हुनुहुन्थ्यो।